काठमाडौं । नेपाल धितोपत्र बोर्डको प्रशासनिक प्रमुखको जिम्मेवारी बोर्डका कार्यकारी निर्देशक डा. नवराज अघिकारीले पाएका छन् । बोर्ड अध्यक्ष नियुक्ती प्रक्रिया लम्बिरहदा बोर्डका दैनिक प्रशासनिक काम कारबाहीमा बाधा नपार्ने उदेश्यले डा. अधिकारीलाई प्रशासनिक प्रमुखको जिम्मेवारी दिइएको हो ।
बोर्ड अध्यक्ष नियुक्त नहुँदासम्मका लागि अर्थमन्त्रालयबाट बोर्ड सञ्चालकमा प्रतिनिधित्व गर्ने अर्थमन्त्रालयका सहसचिव नरेन्द्र कुमार रानाले बोर्ड अध्यक्षको जिम्मेवारी पुरा गरिरहेका छन् । रानाले असार १३ गते डा. अधिकारीलाई बोर्डको प्रशासनिक प्रमुखको जिम्मेवारी पुरा गर्ने गरी अख्तियारी प्रदान गरेको डा. अधिकारीले स्वयम्ले जानकारी दिएका हुन । डा. अधिकारलाई यस अघि बोर्डको प्रबक्ताको समेत जिम्मेवारी दिइएको थियो । जेठ १७ गतेदेखि लागू हुने गरी डा. अधिकारीले प्रबक्ताको जिम्मेवारी पाएका थिए ।
उनका अनुसार सार्वजनिक निष्कासनको अनुमति र लाईसेन्स अनुमति वाहेकका सम्पूर्ण काम गर्ने गरी जिम्मेवारी प्रदान भएको छ । प्रशासनिक प्रमुखको जिम्मेवारी पाएसँगै अब बजारलाई असर नपर्ने गरी दैनिक प्रशासनिक काम कारबाही अघि बढ्ने डा. अधिकारीले जानकारी दिए ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !