गोरखा । चुमनुब्री ७ छुलेका ५८ बर्षीय घ्युर्मे लामा केही दिनदेखि बिरामी थिए । गत मंगलबार उनी बेहोश भएर ढले । आकस्मिक उपचार गर्न काठमाडौँ जानका लागि हेलिकोप्टर मगाए । दिनभरि पर्खिदा पनि हेलिकोप्टर नआएपछि बुधबार गाउँका सातजना युवा मिलेर उनलाई बोकेर काठमाडौं लैजाने निधो गरे ।
बिरामी सिकिस्त भएपछि हेलिकोप्टर मगायौँ । हेलिकोप्टर आउँछ कि भनेर दिनभरि बाटो हेरियो, तर आएन’ स्थानीय युवा भू छेतेन लामाले भने, ‘मर्नुभन्दा बहुलाउन निको भनेझैँ, हेली नपाएपछि बोकेरै भए पनि अस्पताल पु¥याउने भनेर गाउँका हामी छ, सात जना मिलेर स्ट्रेचरमा बोकेर तल झा¥यौँ ।’ पहिलो दिन बुधबार दिनभर बोकेर बिरामीलाई चुम्लिङसम्म ल्याइपु¥याएको उनले बताए ।
चुम्लिङबाट बिहिबार दिनभर बिरामी बोकेर पाङसिङसम्म पुग्ने योजना बनाएको उनले बताए । ‘पाङसिङसम्म जीप आउनेजाने गर्दोरहेछ त्यसैले त्यहाँसम्म स्ट्रेचरमा बोकेर लैजान्छौँ’, भू छेतेनले भने, ‘त्यहाँबाट एम्बुलेन्स वा जीप खोजेर काठमाडौँ पु¥याउने योजना थियो । कतै जाम परेन भने पाङसिङबाट बिहान निस्केर रातीसम्ममा काठमाडौँ पु¥याउन सकिन्छ भन्ने लागेको थियो ।’ ठाउँठाउँमा अक्सिजन लगाउँदै ल्याएको उनको भनाइ छ ।
ब्यथाले साह्रै च्यापेपछि बास बस्ने ठाउँमा चुम्लिङ हेल्थपोस्टबाट अक्सिजन उपकरण ल्याएर अक्सिजन दिए, स्लाइन पानी दिए । ‘तर जति कोशिष गर्दा पनि बचाउन सकिएन । उहाँ रहनु भएन’, चुम्लिङका स्थानीय गोपाल लामाले भने, ‘ब्यथाले साह्रै च्यापेको रहेछ । साँझ साँढे छ बजेतिर उहाँ बित्नुभयो ।’ बिहिबार बिहान चुम्लिङमै अन्त्यष्टि गर्ने तयारी गरिएको उनले बताए ।
चुमनुब्री गाउँपालिकाको प्रवेशद्वार वडा नं। ३ बाहेक बाँकी ६ वटा वडामा सडक सञ्जाल पुगेको छैन । सुविधा सम्पन्न स्वास्थ्य संस्था पनि गाउँमा छैन । त्यसैले उपचारका लागि हेलिकोप्टर चार्टर गर्नुपर्ने बाध्यता छ । काठमाडौँबाट यहाँसम्म हेलिकोप्टर चार्टर गर्न साँढे तीनलाख रुपैयाँ तिर्नुपर्छ । ऋण गरेर हेलिकोप्टर चार्टर गरी उपचार गराउन पनि भनेको बेला हेलिकोप्टर नपाइने स्थानीयबासीको गुनासो छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !