काठमाडौं । असार मसान्त नजिकिदैं जाँदा ग्लोबल आइएमई बैंक र ग्लोबल आइएमई क्यापिटल लिमिटेडले हितग्राही खाता (डिम्याट एकाउन्ट) र मेरो शेयर खाता नविकरणका लागि आग्रह गरेका छन् । ग्लोबल आइएमई क्यापिटल लिमिटेड र ग्लोबल आइएमई बैंक लिमिटेडको शाखामार्फत डिम्याट खाता र मेरो शेयर खाता खोलेका ग्राहकहरूले आगामी असार मसान्तभित्र नविकरण गराउन कम्पनीहरूले भनेका हुन ।
डिम्याट खाता सञ्चालनवापत् वार्षिक १०० रूपैयाँ र मेरो शेयर खाता सञ्चालनवापत् वार्षिक ५० रूपैयाँ शुल्क लाग्ने गर्दछ । तोकिएको अवधिभित्र यी दुई खाता सञ्चालनवापत्को नविकरण शुल्क नबुझाए खाता स्वतः रोक्का हुने जानकारी कम्पनीहरूले दिएका छन् । साथै यी कम्पनीहरूले सञ्चालनमा ल्याएको डिम्याट खाता र मेरो शेयर खाता आजीवन नविकरण गर्ने योजना अन्तर्गत धरौटीमा २ हजार रूपैयाँ भुक्तानी गरी डिम्याट र मेरो शेयर खाता आजीवन नविकरण गर्न सकिने जानकारी कम्पनीले दिएका छन् ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !