काठमाडौं । हिमालयन उर्जा विकास कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेको छ । असार १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले असार २० गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको हो ।
बुक क्लोजको आधारमा असार १९ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको हकप्रद शेयर खरीद गर्न सक्नेछन् । कम्पनीले हाल कायम चुक्तापूँजी ९९ करोड रूपैयाँको आधारमा शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट असार ७ गते अनुमति पाएको छ । बुक क्लोजको मिति तय गरेपनि कम्पनीले हकप्रद शेयर निष्कासनको मिति भने तय गरेको छैन् ।
शतप्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी १ अर्ब ९८ करोड रूपैयाँ कायम हुनेछ । कम्पनीको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !