काठमाडौं । पछिल्लो समय कुमारी बैंकको संस्थापक शेयर प्रत्येक दिन जसोनै विक्रीमा आइरहेको छ । सोही क्रममा बिहीवार पनि बैंकले १३ लाख ७ हजार २५८ कित्ता संस्थापक शेयर विक्रीका लागि ३५ दिने सूचना जारी गरेको छ । बैंकले विरेन्द्र कुमार शाहको नाममा रहेको उल्लेखित कित्ता शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।
इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र यी शेयर खरीदका लागि आवेदन पेश गर्न सक्नेछन् । तोकिएको अवधिभित्र बैंकको केन्द्रिय कार्यालय टंगाल, काठमाडौं वा शेयर रजिष्ट्रार कुमारी क्यापिटलको कार्यालय नक्साल, काठमडौंमा आवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा यी शेयर विक्री प्रक्रिया अघि बढ्नेछ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !