काठमाडौँ । बुधबार नेप्से परिसूचक एकल अंकले बढेको छ । यस दिन नेप्से २.२७ अंकले बढेर २०७८.७६ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.१० प्रतिशतले बढेको हो ।
आज नेप्सेमा १३ उपसमूहमध्य ६ वटा उपसमूहको परिसूचक बढेका छन् भने अन्य ७ वटा उपसमूहको परिसूचक घटेका छन् । बुधबार सर्वाधिक बढ्ने उपसमूहमा फाइनान्स रह्यो जसको परिसूचक २.६२ प्रतिशतले वृद्धि भएको छ । यसै गरी सर्वाधिक घट्नेमा व्यापार उपसमूह रह्यो जसको परिसूचक १.३२ प्रतिशतले घटेको छ ।
नेप्से बढे पनि आज कारोबार रकम भने घटेको छ । अघिल्लो कारोबार दिन ४ अर्ब ५ करोड ५७ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएकोमा यस दिन ३०८ वटा स्टकको ४८ हजार ७ सय ६ पटकको कारोबारमा ३ अर्ब ४० करोड ४३ लाख रुपैयाँ बराबरको ७२ लाख ९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । जसमा १३५ वटा कम्पनी बढेका छन् भने १०४ वटा कम्पनी घटेका छन् । यसैगरी ८ वटा कम्पनीको शेयर भने स्थिर रहन पुगेका छन् । यस दिन सर्वाधिक बढ्नेमा नेपाल फाइनान्स र समाज लघुवित्त रह्यो जसको शेयरमा सकारात्मक सर्किट लागेको छ । सर्वाधिक घट्नेमा मनकामना स्मार्ट लघुवित्त रह्यो जसको शेयरमा ९.८८ प्रतिशतको गिरावट आएको छ ।
बुधबार सर्वाधिक रकमको कारोबार गर्नेमा नेपाल फाइनान्स लिमिटेड रह्यो जसको २० करोड २३ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । संख्याको हिसाबले सर्वाधिक शेयर कारोबार हुनेमा पनि सोहि कम्पनी रह्यो जसको २ लाख ८५ हजार ४० कित्ता शेयर किनबेच भएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !