काठमाडौं। कर्जालाई लिएर ऋणीको धम्की आएपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले जवाफ दिएको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले झापाको भीरपाखा रिसोर्ट एण्ड फनपार्क र श्री बास्कोटा कृषि तथा पशुपालन प्रालिका राजेश बास्कोटा कर्जाको विषयलाई लिएर बैंकविरुद्ध धम्कीपूर्ण शैलीमा उत्रिएको बताउँदै त्यसको जवाफ फर्काएको हो ।
बैंकले एक प्रेस वित्रप्ति जारी गैर्दै आफूविरुद्ध गलत प्रचारबाजी गर्नुका साथै कर्मचारीलाई मानसिक यातना दिने, अपहरणको शैलीमा उठाएर लाने, गाली गलौज गर्ने, ज्यान मार्ने धम्की दिने लगायत गतिविधि बास्कोटाले गरिरहेको भन्दै उनले भनिरहेकोजस्तो कर्जा नरोकेको प्रष्ट पारेको छ।
बास्कोटाका दुई कम्पनीका नाममा स्वीकृत कर्जामध्ये कृषि कम्पनीलाई सबै रकम प्रवाह गरिसकेको र भीरपाखा रिसोर्टका हकमा आंशिक रकम मात्र दिन बाँकी रहेको बैंकले जनाएको छ । विज्ञप्तिमा भनिएको र्छ कर्जाको सर्तअनुसार ऋणीको परियोजनाको प्रगति नभएकोले स्वीकृत गर्दाका सर्तअनुसार नै थप कर्जा प्रवाह नभएको हो,’ ।
बास्कोटाले बैंकले स्वीकृत गरेअनुसारको कर्जा चार महिनासम्म प्रवाह नगरेको, किस्ता रकम असुल्नका लागि मात्र कर्जा प्रवाह गरेको, सरकारले दिंदै आएको अनुदान रकमबाट वञ्चित गरिएको, बैंकले व्यावसाय नै बन्द गराएको लगायत आरोप फेसबुकमार्फत लगाएपछि बैंकले विज्ञप्तिमार्फत जवाफ दिएको हो।
बैंकले बास्कोटाको कृषि कम्पनीलाई योग्य नभएका कारण ब्याज अनुदान नदिएको प्रष्ट पारेको छ।‘कृषि कम्पनीको नाममा सहुलियतपूर्ण ऋण स्वीकृत भएपनि नेपाल राष्ट्र बैंकको ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि बमोजिम ऋणीले बैंकलाई ब्याज अनुदान रकम बाहेकको किस्ता तथा ब्याज रकम चुक्ता भुक्तान नगरेकाले ब्याज अनुदान सुविधाका लागि योग्य नभएको अवस्था हो,’ विज्ञप्तिमा भनिएको छ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !