काठमाडौँ । कर्जाको माग घटेसँगै बैंक तथा वित्तीय संस्थाहरूले नेपाल राष्ट्र बैंकबाट खर्बौँ रुपैयाँ बराबरको निक्षेप सुविधा लिएका छन्।
राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले तयार गरेको तथ्यांक अनुसार चालु आवको ८०/८१ मा बैंकहरुले राष्ट्र बैंकमा ५६३ पटक गरेर २७ खर्ब २७ अर्ब ७५ करोड रुपैयाँ निक्षेप राखेका हुन्।
त्यसमध्येमा २५ खर्ब ७२ अर्ब १५ करोड रुपैयाँ फिर्ता भइसकेको छ भने बाँकी एक खर्ब ५५ अर्ब ६० करोड रुपैयाँ भने परिपक्व नभइसकेको र राष्ट्रबैंकको जानकारी छ । परिपक्व भएपछि भने बैंकहरुले उक्त रकम व्याज सहित फिर्ता पाउने छन् ।
बैंकहरुले स्थायी निक्षेप सुविधा र निक्षेप संकलन गरेर दुई उपकरण मार्फत उक्त रकम बराबरको निक्षेप राष्ट्र बैंकमा राखेका हुन् । गत फागुनदेखि कार्यान्वयनमा आएको स्थायी निक्षेप सुविधा (एसडीएफ)अन्तरगत बैंकहरुले १६ खर्ब ६७ अर्ब ४५ करोड रुपैयाँ निक्षेप राष्ट्र बैंकमा राखेका छन्।
५१६ पटक गरेर बैंकहरुले सो बराबरको निक्षेप राखेका हुन् । १६ खर्ब ४५ करोड ३० लाख रुपैयाँ निक्षेप परिपक्व भएर फिर्ता भइसकेको छ । त्यो बाहेक २२ अर्ब १५ करोड रुपैयाँ निक्षेप राष्ट्र बैंकमै रहेको छ । त्यो निक्षेप आउँदो बुधवार परिपक्व हुनेछ । बैंकहरुले उक्त रकम व्याजसहित सबै फिर्ता पाउने छन् । त्यसपछि पुनः बैंकहरुले एसडीएफ अन्तरगत राष्ट्र बैंकमै निक्षेप पनि राख्न सक्नेछन् ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !