काठमाडौँ । सार्वजनिक विदा पछि खुलेको शेयर बजारमा भारी अंकको गिरावट आएको छ । मंगलबार नेप्से १९.७१ अंकले घटेर २०७५.५४ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.९४ प्रतिशतले घटेको हो ।
आज नेप्सेमा १३ उपसमूहमध्य १३ वटै उपसमूहका परिसूचक घटेका छन् । यस दिन सर्वाधिक घट्नेमा बैंक उपसमूह रह्यो जसको परिसूचकमा १.१६ प्रतिशतको गिरावट आएको छ ।
नेप्से घटेसंगै आज कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन ५ अर्ब ४७ करोड २२ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएकोमा यस दिन ३१८ वटा स्टकको ५८ हजार एक सय १९ पटकको कारोबारमा ४ अर्ब ५ करोड ५७ लाख रुपैयाँ बराबरको ९५ लाख ४४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । जसमा ४० वटा कम्पनी बढेका छन् भने १९८ वटा कम्पनी घटेका छन् । यसैगरी ९ वटा कम्पनीको शेयर भने स्थिर रहन पुगेका छन् ।
यस दिन सर्वाधिक बढ्नेमा समाज लघुवित्त रह्यो जसको शेयरमा सकारात्मक सर्किट लागेको छ । सर्वाधिक घट्नेमा मनकामना स्मार्ट लघुवित्त रह्यो जसको शेयरमा नकारात्मक सर्किट लागेको छ ।
मंगलबार सर्वाधिक रकमको कारोबार गर्नेमा बरुण हाइड्रोपावर रह्यो जसको ११ करोड २७ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । संख्याको हिसाबले सर्वाधिक शेयर कारोबार हुनेमा पनि सोहि कम्पनी रह्यो जसको ३ लाख ६२ हजार शेयर किनबेच भएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !