काठमाडौँ । असार महिनाको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अंकले घटेको छ । यस दिन नेप्से १७.०४ अंकले घटेर २०९५.२५ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.८० प्रतिशतले घटेको हो ।
आज नेप्सेमा १३ उपसमूहमध्य एउटा मात्र उपसमूहको परिसूचक बढेको छ भने अन्य १२ वटा उपसमूहको परिसूचक घटेका छन् । आइतबार सर्वाधिक एउटा मात्र बढ्ने उपसमूहमा होटल तथा पर्यटन रह्यो जसको परिसूचक ०.०४ प्रतिशतले वृद्धि भएको छ । यसै गरी सर्वाधिक घट्नेमा लघुवित्त उपसमूह रह्यो जसको परिसूचकमा समान १.७१ प्रतिशतको गिरावट आएको छ ।
नेप्से घटेसंगै आज कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन ६ अर्ब ४३ करोड ८० लाख रुपैयाँ बराबरको शेयर किनबेच भएकोमा यस दिन ३१७ वटा स्टकको ७१ हजार ९ सय ९७ पटकको कारोबारमा ५ अर्ब ४७ करोड २२ लाख रुपैयाँ बराबरको एक करोड ३२ लाख २३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । जसमा ६४ वटा कम्पनी बढेका छन् भने १७७ वटा कम्पनी घटेका छन् । यसैगरी ६ वटा कम्पनीको शेयर भने स्थिर रहन पुगेका छन् ।
यस दिन सर्वाधिक बढ्नेमा नेपाल फाइनान्स रह्यो जसको शेयरमा सकारात्मक सर्किट लागेको छ । सर्वाधिक घट्नेमा भगवती हाइड्रोपावर रह्यो जसको शेयरमा नकारात्मक सर्किट लागेको छ ।
आइतबार सर्वाधिक रकमको कारोबार गर्नेमा नेपाल फाइनान्स रह्यो जसको ३० करोड ४० लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । संख्याको हिसाबले सर्वाधिक शेयर कारोबार हुनेमा पनि सोहि कम्पनी रह्यो जसको ४ लाख ७९ हजार शेयर किनबेच भएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !