काठमाडौँ । राष्ट्रिय सहकारी महासंघले ‘कोप जव फेयर २०८१’ सञ्चालन गर्ने भएको छ । असार ७ देखि ९ गतेसम्म चल्ने मेलामा रोजगारीको खोजीमा रहेका व्यक्तिहरुलाई सहकारी क्षेत्रमा रोजगारीका अवसरमा जानकारी दिने,रोजगार उन्मुख सरसल्लाह प्रदान गर्नुका साथै बृहत सञ्जाल निर्माण गरिने छ ।
मेलाबाट दक्ष जनशक्तिको खोजीमा रहेका सहकारीका लागि जनशक्ति पहचिान गर्ने अवसर मिल्ने अपेक्षा गरिएको छ । मेलामा वृत्ति विकास सम्वन्धी परामर्श सेवा प्रदान गर्दै रोजगारीका लागि सहजिकरण गरिने छ । मेलामा ५० भन्दा बढी उत्कृष्ट सहकारी संघसंस्थाहरुको सहभागिता हुने छ भने ५ हजार बढी अवलोकनकर्ताले अवलोकन र सहभागिता जनाउने आयोजकको अपेक्षा रहेको छ ।
मेलामा हाल पूर्ण रोजगारमा नरहेका व्यक्तिहरु, उत्पादनको क्षेत्रमा काम गरिरहेकाहरु,साना तथा मझौला उद्योग सञ्चालन गरिरहेकाहरु,कृषि उत्पादन तथा बजारिकरणमा लागेकाहरु,१६ वर्षदेखि माथि जुनसुकै उमेर समूहका व्यक्तिहरु,सेविा निबृत्त तथा हाल रोजगारको खोजीमा रहेकाहरुले सहभागिता जनाउन सक्नेछन् ।
पहिलोपटक हुन लागेको सहकारी रोजगार मेलालाई नेपाल सरकार सहकारी मन्त्रालय,राष्ट्रिय सहकारी बैंक,नेफ्स्कून लगायतका संघ संस्थाले साथ दिने भएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !