काठमाडौं । बिहीवार तीन कम्पनीलेहरूले २ लाख ८२ हजार १२४ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएका छन् । सिद्धार्थ बैंकले ७२ हजार ९२७ कित्ता र कुमारी बैंकले १ लाख ६२ हजार ९६७ कित्ता र प्रभु महालक्ष्मी लाइफले ४६ हजार २३० कित्ता संस्थापक शेयर विक्रीमा ल्याएका हुन ।
तीन ओटै कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरि यी शेयर विक्रीमा ल्याएको हो । इच्छुक खरीदकर्ताहरूले आगामी ३५ दिनभित्र यी शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् । सिद्धार्थ बैंकको शेयर खरीदका लागि कम्पनीको केन्द्रिय कार्यालय नक्साल, काठमाडौंमा , कुमारी बैंकको शेयर खरीदका लागि केन्द्रिय कार्यालय टंगाल, काठमाडौं र शेयर रजिष्ट्रार कुमारी क्यापिटलको कार्यालय नक्साल, काठमाडौ.मा आवेदन दिन सकिनेछ ।
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको शेयर खरीदका लागि भने कम्पनीको केन्द्रिय कार्यालय कमलादी, काठमाडौंमा आवेदन दिन सकिनेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा यी शेयर विक्री गरिने जानकारी कम्पनीहरूले दिएका छन् ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !