काठमाडौ । एक्कर्ड फर्मास्युटिकल्स लिमिटेडले असार १४ गते विशेष साधारण सभा बोलाएको छ । सभा वसेरा वुटिक होटल, बबरमहल, काठमाडौंमा दिउँसो साढे १२ बजे सुरु हुनेछ । सभामा कम्पनीले पुँजी वृद्धि गर्न हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पेश गर्नेछ । यसले सभा प्रयोजनका लागि असार १० गते बुक क्लोज गर्न भएको छ ।
यता, कम्पनीले आइपीओ बिक्रीका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन पनि दिएको छ । यसले कुल ७ लाख ६ हजार ९०९ कित्ता सेयर १०० रुपैयाँका दरले बिक्री गर्न बोर्डसँग अनुमति मागेको हो । एक्कर्ड फर्मास्युटिकल्स लिमिटेडले सन् २०२३ मा ११ करोड २ लाख रुपैयाँ बराबरको व्यापार गरेको छ ।
यो सन् २०२२ को भन्दा १०३ प्रतिशतले धेरै हो । यस कम्पनीले सन् २०२२ मा ५ करोड ४३ लाख रुपैयाँ बराबरको व्यापार गरेको रेटिङ एजेन्सी इक्रा नेपाल लिमिटेडले जनाएको छ । यो औषधि उत्पादन कम्पनी हो । यसले काठमाडौंमा आफ्नो उत्पादन इकाई स्थापना गरेको छ । भारत र चीनबाट आयात गरिएको औषधि सामग्री (एपीआई) प्रयोग गरी औषधि उत्पादनको व्यवसाय गरिरहेको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !