काठमाडौं । सप्तऋषि हेयर आयल एण्ड कस्मेटिक इण्डष्ट्रिजले आफ्नो उत्पादन श्री केश हेयर आयलप्रति बजारमा झुटो प्रचार भएको भन्दै त्यसको प्रतिवाद गरेको छ ।
पछिल्लो समयमा विभिन्न डिजिटल मिडिया एवम् सामाजिक सञ्जालमा यस सप्तऋषि आयल एण्ड कस्मेटिकबाट उत्पादित श्री केश हेयर आयलको बारेमा उठाइएका आरोप तथा गुनासोको सम्वन्धमा आज पत्रकार सम्मेलन भएको थियो ।
सम्मेलनको क्रममा गुनासोहरूलाई आधार मानेर श्री केश हेयर ओयल उत्पादन, भण्डारण र गुणस्तरको बारेमा प्रश्न उठाएपनि कम्पनीले सरकारको नीति र नियममा रहेर सम्बन्धित निकायबाट उत्पादन अनुमति तथा ट्रेडमार्क प्राप्त कम्पनी रहेको बताएको छ ।
सम्मेलनमा कम्पनीका म्यानेजिङ डाइरेक्टर टीकाराम बुढाथोकीले तेलमा प्रयोग गरिएका कच्चा पदार्थ तेल र जडीबुटीहरू कपालको सुरक्षा, पोषण र उपचारमा सहयोगी, गुणस्तरीय र उपयोगी रहेको बताए । यसको विभिन्न अध्ययन अनुसन्धानले पुष्टि गरिसकेको उनको भनाई छ ।
पछिल्लो समयमा विभिन्न डिजिटल मिडिया एवम् सामाजिक सञ्जालमा यस सप्तऋषि ओयल एण्ड कस्मेटिकबाट उत्पादित श्री केश हेयर ओयलको बारेमा उठाइएका गुनासोहरूलाई आधार मानेर श्री केश हेयर ओयल उत्पादन, भण्डारण र गुणस्तरको बारेमा प्रश्न उठाएपनि कम्पनीले सरकारको नीति र नियममा रहेर सम्बन्धित निकायबाट उत्पादन अनुमति तथा ट्रेडमार्क प्राप्त कम्पनी रहेको बताए ।
गुणस्तरिय उत्पादन भएका कारणले नै कम्पनीलाई विश्वास गरी छोटो समयमै सम्पूर्ण नेपाली जनता तथा उपभोक्ताहरुमाफ विश्वबजारसम्म चिनाउन सफल भएको उनले बताए ।
नेपालको जडीबुटीलाई विश्वमा चिनाई नेपालको नाम उच्च राख्ने कार्य विगतदेखि गर्दै आएको बताउँदै उनले नेपाली कृषकहरुलाई आत्मनिर्भर बनाई रोजगारीको अवसर सिर्जना गरी व्यापार घाटा कम गर्ने उदेश्य रहेको उल्लेख गरे ।
नेपाली युवाको लगानीमा नेपाली जडीबुटी प्रयोग गरी नेपालबाटै उत्पादन गरिएको श्री केश हेयर ओयलबाट विश्वबजारमा नेपाली ब्राण्ड चिनाउने दाबी गरेको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !