लामिछानेले साेमबार बिहान सामाजिक संजालमा एक तस्बिर सार्वजनिक गर्दै सबैलाई धन्यवाद दिएका हुन् । यसकासाथै उनले क्यान पदाधिकारीहरू पारस खड्का र चतुरबहादुर चन्दको नाम जोडेर फैलाइएका भिजा सम्बन्धि प्रपोगाण्डामा विश्वास नगर्न पनि आग्रह गरेका छन् ।
यसका साथै नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार प्रेश विज्ञप्ति जारी गर्दै सन्दीपलाई वेस्ट इन्डिजमा हुने विश्वकपमा बाँकी खेल खेल्न टोलीमा समावेश गरिएको जानकारी दिएको छ । विश्वकप खेल्न सन्दीप वेस्ट इन्डिज पुगिसकेको क्यानले जनाएको छ ।
टी-२० विश्वकपको समूह ‘डी’ मा रहेको नेपालले जेठ ३२ मा दक्षिण अफ्रिकासँग र असार २ मा बङ्गलादेशसँग सेन्ट भिसेन्टमा खेल्नेछ ।
यसअघि क्यानले सन्दीपलाई अमेरिकामा समेत खेलाउने तयारी गरेपनि नेपालस्थित अमेरिकी दुतावासले सन्दीपलाई दुई पटक भिसा दिन अस्विकार गरेको थियो ।
विश्वकप अन्तर्गत अमेरिकाको डालासमा भएको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्स ६ विकेटले पराजित भएको थियो । नेपालले समूह चरणको दास्रो खेल मङ्गलबार अमेरिकाको फ्लोरिडामा श्रीलंकासँग खेल्नेछ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !