काठमाडौं । धितोपत्र कारोबारका लागि अनिवार्य रहेको हितग्राही खाता (डिम्याट एकाउन्ट) सञ्चालन वापतको वार्षिक शुल्क बुझाउन एनआईसी एशिया क्यापिटलले अनुरोध गरेको छ ।
आइतवार सूचना जारी गर्दै क्यापिटलले आगामी असार मसान्तसमम वार्षिक १०० रूपैयाँ सञ्चालन शुल्क बुझाउन भनेको हो । सम्बन्धित हितग्राही खाता सञ्चालन गर्ने ग्राहकहरूले क्यापिटलको कार्यालय थापाथली, काठमाडांै वा एनआईसी एशिया बैंकको नजिकको शाखा कार्यालयबाट रकम बुझाउन सक्ने क्यापिटलको भनाई छ ।
२०८० साल असार मसान्तसम्म हितग्राही खाता खोली कारोबार गर्दै आएका सदस्यहरूले असार ३१ गतेभित्र वार्षिक शुल्क नबुझाए खाता रोक्का हुने क्यापिटलले जानकारी दिएको छ । साथै यस क्यापिटल तथा एनआईसी एशिया बैंक मार्फत मेरो शेयर अनलाईन सेवा लिएका सदस्यहरूले वार्षिक नविकरण शुल्क ५० रूपैयाँ समेत असार मसान्तभित्र बुझाउनुपर्नेछ ।
सो समयमा नविकरण शुल्क नबुझाए मेरो शेयर अनलाईन सेवा समेत स्वतः बन्द हुने जानकारी क्यापिटलले दिएको छ । यस क्यापिटलले डिम्याट खाता र मेरो शेयर वार्षिक रुपमा नविकरण गर्ने झन्झटबाट मुक्त हुन ९९९ रूपैयाँमा जीवनभरका लागि डिम्याट खाता नविकरण तथा १ हजार रूपैयाँमा जीवनभर मेरो शेयर नविकरण गरिदिने व्यवस्था समेत लागू रेको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !