नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला एक लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार सुनको मूल्यले ऐतिहासिक उचाइ बनाएको थियो । उक्त दिन छापावाला सुन प्रतितोला एक लाख ४२ हजार ७०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४२ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदी तोलामा ३५ रुपैयाँले संस्तिएको छ । आज चाँदी प्रतितोला एक हजार ८२५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ । मंगलबार चाँदीको मूल्य एक हजार ८६० रुपैयाँमा कारोबार भएको थियो ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !