काठमाडौं । अर्थमन्त्री बर्षमान पुनले आफूले ल्याएको बजेट सरप्राइजिङ अर्थात छक्क पार्ने खालको भएको दाबी गरेका छन् ।
बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा पुनले ठूलो आकारको बजेट आउने आम अपेक्षा विपरित सानो आकारको बजेट ल्याएर आफूहरुले सरप्राइज दिएको बताए । “पूर्व लडाकुलाई रकम बाँड्ने जस्ता पपुलिष्ट बजेट ल्याउँदैछ सरकारले भनेर विभिन्न हल्ला बाहिरिएका थिए त्यसको बावजुद हहामी संयमित भएर सानो आकारको बजेट ल्यायौँ, हेरौं कार्यान्वयन कस्तो हुन्छ ।”उनले भने ।
अर्थमन्त्री पुनले बजेट सन्तुलित रहेको प्रतिक्रिया आफूहरुलाई प्राप्त भएको बताएका छन्। आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा पुनले आर्थिक शिथिलताको अवस्थाबाट जनतामा आशा जगाउने किसिमको बजेट आएको टिप्पणी प्राप्त भएको दाबी गरेका हुन्।
उनले भने,‘हामी निकै दबाबमा थियौं। चालु आर्थिक वर्षको बजेटको प्रक्षेपण सबै मिलिरहेका थिएनन् छैनन्। तर हामीले यसपाली जनता, व्यवसायी,निजी क्षेत्रलाई आशा जगाउने बजेट ल्याएका छौं। सरकारको तर्फबाट गर्न सक्ने सहजीकरण गरिरहेका छौं।’
उनले नयाँ चरणको आर्थिक सुधारको आवश्यकता भएकाले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गर्न लागिएको बताए। आफ्नो भूगोल सुनाउने अर्थ नीति, क्षमता अनुसारको जनशक्ति कस्ता उत्पादन हुँदैछ भनेर अध्ययन गरेर अगाडि बढ्ने समेत बताए। विज्ञान प्रविधिको प्रयोग, यस अगाडि सीमा र आगामी दिनमा कसरी अगाडि बढ्न सकिन्छ भनेर आयोगबाट प्रतिवेदनमा प्राप्त हुने विश्वास व्यक्त गरे।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !