काठमाडौँ । साताको पहिलो कारोबार दिन नेप्से दोहोरो अंकले घटेको छ । यस दिन नेप्से परिसूचक २२.१४ अंकले घटेर २१०९.३४ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः १.०३ प्रतिशतले घट्न पुगेको हो ।
आज नेप्सेमा १३ उपसमूहमध्य २ वटा उपसमूहको परिसूचक बढेका छन् भने अन्य ११ उपसमूहको परिसूचक घटेका छन् । आइतबार सर्वाधिक बढ्नेमा होटल तथा पर्यटन उपसमूह रह्यो जसको परिसूचक ३.३७ प्रतिशतले वृद्धि भएको छ । यसै गरी सर्वाधिक घट्ने उपसमूहमा लघुवित्त उपसमूह रह्यो जसको परिसूचक १.७८ प्रतिशतले घटेको छ ।
आइतबार सर्वाधिक रकमको कारोबार गर्नेमा आइएमई लाइफ इन्स्योरेन्स रह्यो जसको १५ करोड ६६ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । संख्याको हिसाबले सर्वाधिक शेयर कारोबार हुनेमा रिणी पावर कम्पनी रह्यो जसको ४ लाख २६ हजार ८ सय ९६ कित्ता शेयर किनबेच भएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !