काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाको प्रतिनिधि संचालक परिवर्तन गरिएको छ ।
कम्पनीमा संस्थापक समूहमा एनआइसी एशिया बैकको तर्फबाट प्रतिनिधित्व गर्दै आएका संञ्चालक कमल खड्काको स्थानमा मिलन सिग्देललाई मनोनयन गरिएको हो । कम्पनीको जेठ १३ गते आइतबार बसेको संचालक समितिको बैठकले बाँकी कार्यकालका लागि सिग्देगललाई मनोनयन गरेको जनाएको छ ।
उनले बैंक तथा वित्तीय संस्था सम्वन्धी ऐन, २०७३ मा उल्लेख भएको व्यवस्था बमोजिम पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !