काठमाडौं । पूर्वप्रधानन्यायाधीश एवं गीतकार कल्याण श्रेष्ठको ‘नबुझिएको जिन्दगी’ नामक गीति एल्बम लोकार्पण गरिएको छ ।
ललितपुरको कुपन्डोलमा शुक्रबार साँझ आयोजित एक कार्यक्रममा प्रमुख अथिति वरिष्ठ संगीतकार प्रा. दीपक जंगमले सो एल्बम सार्वजनिक गरेका हुन् । सो एल्मबमा जीन्दगी, तिमीसँग, एक झलक, कहिले आँखाले र मेरो भगवान बोलका गीत रहेका छन् ।
ती गीतहरुमा गायक बिनोद राई, राज सिग्देल, रवि ओड, रुपक चौधरी र संगीता शाक्य थापाको स्वर रहेको छ । त्यस्तै, महेश खड्का, सुनील मास्के, सुदेश शर्माको संगीत रहेको छ ।पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको यो दोस्रो एल्बम हो । यसअघि उनले ‘जिन्दगी तरेली’ नामक गीत एल्बम ल्याएका थिए ।
न्याय,निजी क्षेत्र, राजनीतिक क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरुको बाक्लो उपस्थितिमाझ गरिएको गीत एल्बम लोकार्पण कार्यक्रममा गायक आनन्द कार्की र बिनोद राईले सांगीतक प्रस्तुति समेत दिएका थिए ।
कार्यक्रममा बोल्दै न्यायिक समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानले गीतकार कल्याण श्रेष्ठले न्याय क्षेत्रमा दिएको योगदानको स्मरण गर्दै गीत लेखनमा पनि उत्तिकै सक्रिय हुनु सृजनशीलताको गतिलो उदाहरण रहेको भनाई राख्नुभयो । त्यस्तै गीतकार कल्याण श्रेष्ठले थाहै नपाई गीत लेखनमा आफू होमिइरहँदा संगित क्षेत्रका रोयल्टी,प्रतिलिपी अधिकार जस्ता नीतिगत परिवर्तनको आवश्यकता रहेको र सुधारका लागि पहल गर्ने बताउनुभयो ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !