काठमाडौँ । महानगरपालिकाले खानेपानीको जारमा कडाइ गर्न आवश्यक अनुगमन गर्ने भएको छ । विभिन्न पसलहरूमा पिउने प्रयोजन र बिक्रीका लागि राखिएका जार तथा बोतलहरू कुच्चिएका, टुटे फुटेका, लेउ लागेका, मूल्य र उत्पादन मिति उल्लेख नभएका साथै राम्रोसँग सिल समेत नगरिएको भन्ने जनगुनासो आएको भन्दै महानगरपालिकाले कडाइ गर्न लागेको हो ।
आज एक सूचना प्रकाशित गर्दै महानगरले आम नागरिकको स्वास्थ्यमा खेलबाड हुनसक्ने क्रियाकलापको नियन्त्रणका लागि प्रशोधित पानीको उद्योगी तथा व्यवसायीहरू एवं काठमाडौँ महानगरपालिकाको सहकार्य हुन आवश्यक देखिएको उल्लेख गरेको छ ।
प्रशोधित पिउने पानी उत्पादन सम्बन्धी निर्देशिकामा तोकिएको मापदण्ड पूरा गरेर मात्र पानी ढुवानी तथा बिक्री वितरणको प्रबन्ध मिलाउन पनि महानगरले अनुरोध गरेको छ । महानगरपालिकाले अनुगमनलाई तीव्रता दिने सूचनामा उल्लेख गरेको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !