नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४० हजार ६०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ३९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४० हजार ६०० रुपैयाँमा काराेबार भएकाे थियाे । त्यसैगरी, तेजावी सुन प्रतितोला एक लाख ३९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, यसदिन चाँदीको मूल्य बढेको छ । यसदिन चाँदीको तोलामा १५ रुपैयाँले बढेर एक हजार ९०० रुपैयाँ खरिद बिक्री भइरहेको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ८८५ रुपैयाँमा कारोबार भएको थियो ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !