काठमाडौं । दुई कम्पनीको संस्थापक शेयर सर्वसाधारणमा जारी भएको छ । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले १३ हजार ९१० कित्ता र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ३ लाख ५५ हजार ५०० कित्ता संस्थापक शेयर अन्य व्यक्ति तथा संस्थाहरुले समेत खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।
इच्छुक खरीदकर्ताहरुले आगामी ७ दिनभित्र सम्बन्धित कम्पनीहरुको केन्द्रिय कार्यालयमा आवेदन पेश गर्नुपर्नेछ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको शेयर खरीदका लागि कम्पनीको केन्द्रिय कार्यालय कमलादी, काठमाडौं र किसान लघुवित्तको शेयर खरीदका लागि केन्द्रिय कार्यालय कैलाली वा कर्पोरेट कार्यालय बुढानीलकण्ठ, मण्डीखाटार, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !