काठमाडौँ । मंगलबार पनि शेयर बजार दोहोरो अंकले बढेको छ । यस दिन नेप्से परिसूचक २८.६२ अंकले बढेर २०२७.५१ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः १.४३ प्रतिशतले बढ्न पुगेको हो ।
आज नेप्सेमा १३ उपसमूहमध्य १३ वटै उपसमूहको परिसूचक बढेका छन् । मंगलबार सर्वाधिक बढ्नेमा लघुवित्त उपसमूह रह्यो जसको परिसूचक ३.४४ प्रतिशतले वृद्धि भएको छ । त्यस पछि बढ्नेमा हाइड्रोपावर उपसमूह रह्यो जसको परिसूचकमा ३.२२ प्रतिशतको वृद्धि भएको छ । यसै गरी सबै भन्दा कम बढ्ने उपसमूहमा व्यापार उपसमूह रह्यो जसको परिसूचक ०.०३ प्रतिशतले बढेको छ ।
नेप्से बढेसँगै आज कारोबार रकम पनि ४ अर्ब माथि पुगेको छ । अघिल्लो कारोबार दिन ३ अर्ब ४० करोड ८६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएकोमा यस दिन ३२० स्टकको ५९ हजार ८ सय ५६ पटकको कारोबारमा ४ अर्ब ८ करोड ८८ लाख रुपैयाँ बराबरको ९८ लाख ५५ हजार २ सय ८५ कित्ता शेयर खरिदबिक्री भएको छ । जसमा २१९ वटा कम्पनी बढेका छन् भने २२ वटा कम्पनी घटेका छन् । यसैगरी ३ वटा कम्पनीको शेयर भने स्थिर रहन पुगेका छन् । यस दिन सर्वाधिक बढ्नेमा उपकार लघुवित्त, समाज लघुवित्त र युनिक नेपाल लघुवित्त रह्यो जसको शेयरमा दश प्रतिशतको उछाल आएको छ । यसका साथै आज जनउत्थान सामुदायिक लघुवित्त, मानुषी लघुवित्त र रुरु जलविद्युत परियोजना कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । सर्वाधिक घट्नेमा भने हिमालयन उर्जा बिकास कम्पनी रह्यो जसको शेयर ४.६४ प्रतिशतले घटेको छ ।
मंगलबार सर्वाधिक रकमको कारोबार गर्नेमा सीइडिबि हाइड्रोपावर विकास कम्पनी रह्यो जसको १५ करोड ८१ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । संख्याको हिसाबले सर्वाधिक शेयर कारोबार हुनेमा रिडी पावर कम्पनी रह्यो जसको ४ लाख ६१ हजार १३ कित्ता शेयर किनबेच भएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !