काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म युनिलिभर नेपालले ४८ करोड ६१ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको यस अवधिसम्मको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा ३० दशमलव ४६ प्रतिशत बढी भएको हो । गत वर्ष यस अवधिसम्म ३७ करोड २६ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको थियो ।
यस वर्ष कम्पनीको सञ्चालनबाट हुने आम्दानी साढे १ प्रतिशत मात्र बढी भएको छ । गत वर्ष १ अर्ब ९६ करोड रूपैयाँभन्दा बढी सञ्चालनबाट आम्दानी गरेको कम्पनीले यस वर्ष १ अर्ब ९९ करोड रूपैयाँभन्दा बढी यो आम्दानी गरेको हो । हाल कम्पनीको चुक्तापूँजी ९ करोड २१ लाख रूपैयाँ रहेको छ । रिटर्न अर्निग ४ अर्ब २६ करोड रूपैयाँ छ । गत वर्ष ७० लाख रूपैयाँभन्दा बढी वित्तीय खर्च गरेको कम्पनीले यस वर्ष ९७ लाख रूपैयाँभन्दा बढी वित्तीय खर्च गरेको हो ।
कुल आम्दानी २ अर्ब ६ करोड रूपैयाँभन्दा बढी रहेको कम्पनीको कुल खर्च भने १ अर्ब ४५ करोड रूपैयाँभन्दा बढी रहेको छ । तेस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी ५२८ रूपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ ३ हजार १६२ रूपैयाँ छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !