काठमाडौँ । एन आई सी एशिया बैंकले आर्थिक शिथिलताका कारण बैंकबाट कर्जा लिएर कारोबार गरिरहेका ग्राहकहरुलाई पर्न गएको अप्ठेरो महसुश गरी कर्जामा छुट योजना अघि सारेको छ । बैंकले एक सूचना जारी गर्दै देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरुमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पुर्याउने हेतुले २०८० चैत्र मसान्त सम्ममा भाखा नाघेका कर्जाहरुको हकमा सम्वन्धित ऋणीले सम्पूर्ण कर्जा रकम २०८१ जेष्ठ महिना भित्रमा चुक्ता भुक्तान गरेमा जरिवाना तथा हर्जाना रकममा शत प्रतिशत छुट र साधारण वक्यौता ब्याज रकममा समेत देहायको तालिकामा उल्लेख भए बमोजिम छुट प्रदान गर्ने योजना ल्याएको हो।
बैंकले साधारण वक्यौता ब्याज रकममा भाखा नाघेको ९१ दिनदेखि १८० दिन समयावधिको कर्जामा १५ प्रतिशत त्यस्तै १८१ दिनदेखि ३६५ दिन समयावधिको कर्जामा २५ प्रतिशत र ३६५ दिनभन्दा बढि समयावधिको कर्जामा ३५ प्रतिशत साधारण ब्याज रकममा छुट दिने भएको छ ।
मासिक तथा त्रयमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जाहरूमा आर्थिक शिथिलताका कारणले मर्कामा परेका ग्राहकहरूले यसबाट फाइदा लिन सक्नेछन् ।ं
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !