काठमाडौँ । लगानी सम्मेलनमा बसन्त चौधरीको विएल्सी होल्डिङ्स र भारतको योट्टा डाटा सर्भिसबिच लगानी सम्झौता भएको छ । विएलसीको तर्फबाट मेघा चोधरीले हस्ताक्षर गरेको ३ अर्ब लगानीमा नेपालमा बनाइने डाटा सेन्टरको लागि लगानी सम्मेलनको उटघाटन सत्रमा सम्झौता भएको हो । सम्झौता पछि नेपालमा बृहत् डाटा सेन्टर बन्ने बताइएको छ ।
मुम्बइस्थित इन्टिग्रेटेड योट्टा डाटा सेन्टर पार्क (योट्टा एनएमवान) विश्वको दोस्रो ठूलो डाटा सेन्टर हो । हिरानन्दानी समूहको योट्टा डाटा सर्भिसले नेपालमा पनि बसन्त चौधरीको बिएसी होल्डिंससँग मिलेर ३ अर्ब रुपैयाँमा डाटा सेन्टरमा लगानी गर्न लागेको हो ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !