काठमाडौँ । साताको अन्तिम कारोबार दिन शेयर बजार झिनो अंकले घटेको छ । यस दिन नेप्से परिसूचक ३.२४ अंकले बढेर १९६५.९३ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.१६ प्रतिशतले बढ्न पुगेको हो ।
आज नेप्सेमा १३ उपसमूहमध्य ५ उपसमूहको परिसूचक बढेका छन् भने अन्य ८ उपसमूहको परिसूचक घटेका छन् । बिहिबार सर्वाधिक बढ्ने उपसमूहमा फाइनान्स रह्यो जसको परिसूचक ३.१३ प्रतिशतले वृद्धि भएको छ । यसै गरी सर्वाधिक घट्नेमा उत्पादन तथा प्रशोधन उपसमूह रह्यो जसको परिसूचक ०.७१ प्रतिशतले घटेको छ ।
बिहिबार सर्वाधिक रकमको कारोबार गर्ने कम्पनीमा पोखरा फाइनान्स रह्यो जसको ११ करोड २६ लाख ४६ हजार रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । त्यस्तै संख्याको हिसाबले सर्वाधिक शेयर कारोबार हुनेमा मल्टीपर्पोज फाइनान्स रह्यो जसको २ लाख २६ हजार ४ सय १४ कित्ता शेयर किनबेच भएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !