काठमाडौँ। आईतबार स्थिर रहेको सुनको भाउमा गिरावट आएको छ । सोमबार, बैशाख १० गते सुन तोलामा नै एक हजार १०० रुपैयाँले घटेको हो । यसका साथै, चाँदीको भाउमा पनि यस दिन प्रतितोला ३५ रुपैयाँले गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३८ हजार २०० रुपैयाँमा झरेको छ । यसैगरी, तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार ५५० रुपैयाँमा खरिदबिक्री हुँदैछ ।
आइतबार सुनको भाउ स्थिर रहेको थियो । हिजो सुन प्रतितोला एक लाख ३९ हजार ३०० रुपैयाँ कायम रहेको थियो । शुक्रबार सुनको भाउले नयाँ रेकर्ड कायम गरेको थियो ।
साताको दोस्रो कारोबार दिन, चाँदीको मूल्य पनि ओरालो लागेको छ । आज चाँदी तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला एक हजार ७०५ रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार अघिल्लो कारोबार दिन, चाँदीको प्रतितोला २० रुपैयाँले बढेको थियो । हिजो चाँदी प्रतितोला एक हजार ७४० रुपैयाँ पुगेको थियो ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !