काठमाडौँ । २०८१ सालको दोस्रो कारोबार दिन शेयर बजार दोहोरो अंकले घटेको छ । यस दिन नेप्से परिसूचक १६.८२ अंकले घटेर २००६.५२ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.८३ प्रतिशतले घट्न पुगेको हो ।
आज नेप्सेमा १३ उपसमूहमध्य १३ वटै उपसमूहको परिसूचक घटेका छन् । यस दिन सर्वाधिक घट्नेमा फाइनान्स उपसमूह रह्यो जसको परिसूचक १.६४ प्रतिशतले घटेको छ ।
आज सर्वाधिक रकमको कारोबार गर्ने कम्पनीमा ङ्गदि ग्रुप पावर रह्यो जसको १७ करोड ७३ लाख ६८ हजार रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । त्यस्तै संख्याको हिसाबले सर्वाधिक शेयर कारोबार हुनेमा पनि ङ्गदि ग्रुप पावर नै रह्यो जसको ५ लाख २७ हजार ९ सय २६ कित्ता शेयर किनबेच भएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !