एजेन्सी । चीन भ्रमणका क्रममा रहेकी अमेरिकी ट्रेजरी प्रमुख जेनेट येलेनले बेइजिङले उद्योगका लागि दिएको अनुदानले विश्वव्यापी आर्थिक लचिलोपनका लागि खतरा निम्त्याउन सक्ने चेतावनी दिएकी छन् ।
एक वर्षभन्दा कम समयको अन्तरालमा विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुक चीनको भ्रमणका क्रममा चिनियाँ अधिकारीसँग भेट्ने क्रममा येलेनले यस्तो बताएकी हुन् ।
चीनको प्रत्यक्ष र अप्रत्यक्ष सरकारी सहयोगले हाल अत्यधिक उत्पादन क्षमतातर्फ डोर्याइरहेको र बढी क्षमताका कारण ठूलो परिमाणमा निर्यात हुनसक्ने उनको भनाइ छ ।
“चीनको अत्यधिक निर्यात क्षमता र उद्योगमा यसले दिएको ठूलो अनुदानले विश्व बजारमा आर्थिक समस्या ल्याउने वस्तुहरूको अधिक सिर्जना गर्ने जोखिम निम्त्याउँछ र यसले अमेरिकी र अन्य देशका फर्महरूलाई कमजोर पार्छ, उनले भनिन्, “चीनको घरेलु मागभन्दा उल्लेखनीय रूपमा बढी छ । विश्व बजारले के सहन सक्छ भन्नेमा जिम्मेवार मुलुकले सोच्नुपर्छ । चीनको प्रत्यक्ष र अप्रत्यक्ष सरकारी सहयोगले हाल अत्यधिक उत्पादन क्षमतातर्फ डोर्याइरहेको छ । क्षमताभन्दा बढी उत्पादनले ठूलो परिमाणमा निर्यात हुन सक्छ ।”उनले भनेकी छिन् ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !