काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक तर्फको २ लाख ११ हजार ४७६ कित्ता शेयर विक्रीमा ल्याएको छ ।
कम्पनीले चैत २१ गतेदेखि बैशाख २५ गतेसम्म आवेदन दिन सक्ने गरी यी शेयर विक्रीमा ल्याएको हो । यो शेयरको मूल्य प्रतिकित्ता ३३० रूपैयाँ तोकिएको छ । कुमारी बैंकको स्वामित्वमा रहेको यी शेयर खरीद गर्नका लागि साना किसान सहकारी संस्थाहरू तथा अन्य विद्यमान संस्थापक शेयरधनीहरूले आवेदन दिन सक्नेछन् । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १ हजार कित्तादेखि अधिकतम ४ हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।
यी शेयर बाँडफाँटमा प्राप्त गर्ने शेयरधनीहरूले चैत २१ गतेपछि कम्पनीले घोषणा गर्ने लाभांश तथा हकप्रद शेयर समेत प्राप्त गर्ने जानकारी कम्पनीले दिएको छ । यो शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !