काठमाडौँ । मंगलबार शेयर बजारमा झिनो अंकको गिरावट आएको छ । यस दिन नेप्से परिसूचक १.८५ अंकले घटेर २०१०.२१ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.०९ प्रतिशतले घट्न पुगेको हो ।
आज नेप्सेमा १३ उपसमूहमध्य ६ उपसमूहका परिसूचक बढेका छन् भने अरु ७ उपसमूह घटेका छन् । यस दिन सर्वाधिक बढ्नेमा लघुवित्त उपसमूह रह्यो जसको परिसूचक १.८९ प्रतिशतले बढेको छ । त्यसै गरी सर्वाधिक घट्ने उपसमुहमा फाइनान्स रह्यो जसको परिसूचक ०.७९ प्रतिशतले घटेको छ ।
बजारमा आज कारोबार रकम घटेर २.२९ अर्बबढीको शेयर किनबेच भएको छ । जसमा १०९ वटा कम्पनी बढेका छन् भने १२७ वटा कम्पनी घटेका छन् । यसैगरी ८ वटा कम्पनीको शेयर भने स्थिर रहन पुगेका छन् । यस दिन गुराँस लघुवित्त र गणपति लघुवित्तको शेयरमा सकारात्मक उछाल आएको छ । सोमबार सर्वाधिक घट्नेमा ज्योति विकास बैंक बन्द २०८७ रह्यो जसको शेयर ७.५० प्रतिशतले घटेको छ ।
आज सर्वाधिक रकमको कारोबार गर्ने कम्पनीमा गुर्खाज फाइनान्स रह्यो भने सर्वाधिक शेयर कारोबार हुनेमा प्रभु सेलेक्ट फन्ड रह्यो ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !