काठमाडौं । लगातार सर्किट लागेको सर्वोत्तम सिमेन्टको सेयरमूल्य आज भने घट्न पुगेको छ ।
एक दिनमा अधिकतम १० प्रतिशत मूल्य घट्न सक्ने व्यवस्था रहेकाले आइतबार कम्पनीको मूल्य १० प्रतिशत घटेको छ । १० प्रतिशत मूल्य घटेपछि ९७४ रुपैयाँ ५० पैसामा झरेको छ । सर्वोत्तम सिमेन्टको दोश्रो बजार मूल्य अघिल्लो कारोबार दिनको अन्तिम बिक्री मूल्यको तुलनामा १० प्रतिशतले घटिसकेको छ ।
सेयरमूल्य घटेर १ हजारभन्दा तल खसेको छ ।चैत ५ गते सूचीकृत भएको यस कम्पनीको ६ गतेदेखि कारोबार सुरु भएको हो । पहिलो कारोबार नै प्रतिकित्ता ५५६ रुपैयाँमा भएको थियो । त्यसपछि हरेक दिन १० प्रतिशतका दरले मूल्य बढिरहेको थियो ।
सर्वोत्तम सिमेन्टको दोश्रो बजारमा कारोबार सुरु भएको दिनदेखि गत बिहीबार (सातौं दिन)सम्म पनि लगातार अपर सर्किट लागेको थियो । जसका कारण यो कम्पनीको सेयरको दोश्रो बजार मूल्य प्रतिकित्ता १०८३ रुपैयाँ पुगेको थियो ।
सर्वोत्तमले प्रति कित्ता अंकित दर १०० रुपैयाँमा २६०.९० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ३६०.९० रुपैयाँको दरले बुक बिल्डिङ विधिबाट आईपीओ निश्कासन गरेको थियो । आईपीओमा उच्च खरीद चाप परेकोले चिठ्ठा विधिबाट बाँडफाँड गरिएको थियो । आईपीओ पाउने प्रत्यकले ५० कित्ताको दरले सेयर पाएका थिए ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !