काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले प्रस्ताव गरेको २ दशमलव ३४ प्रतिशत लाभांश चैत १५ गते बिहीवारसम्म कायम शेयरधनीहरूले मात्र पाउने भएको छ । कम्पनीले लाभांश प्रस्ताव सहित अन्य विविध प्रस्ताव पारितका लागि चैत २९ गते दशौं वार्षिक साधारण सभा बोलाएको छ ।
सो सभा प्रयोजनका लागि कम्पनीले चैत १६ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा चैत १५ गतेसम्म कायम शेयरधनीहरू मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य हुनेछन् ।
कम्पनीले गत आर्थिक वर्ष ०७९÷८० को मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा २ दशमलव २२११ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दमलव ११६९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्तापूँजी ३६ करोड ८१ लाख ४३ हजार रूपैयाँ रहेको छ । बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापूँजी ३७ करोड ६३ लाख १९ हजार रूपैयाँ कायम हुनेछ ।
सभा लैनचौर व्यांक्वेट, लैनचौर, काठमाडौंमा विहान ११ बजे सुरु हुनेछ । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।
हालको चुक्तापूँजी बृद्धि गर्ने र सोको लागि प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव समेत सभाका लागि तय भएको छ । यस कार्यका लािग सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !