काठमाडौं । एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि फिफ्टीको प्रति इकाई खुद सम्पत्ति मूल्य माघको तुलनामा फागुनमा बढेको छ । माघ मसान्तसम्म १० रूपैयाँ ७२ पैसा रहेको प्रति इकाई खुद सम्पत्ति मूल्य फागुन मसान्तसम्म १० रूपैयाा ८६ पैसा कायम भएको हो । सात वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाले १२ करोड ५० लाख इकाई जारी गरेको थियो ।
माघ मसान्तसम्म १ करोड ६२ लाख रूपैयाँभन्दा बढी नोक्सानीमा रहेको योजना फागुन मसान्तसम्म १३ लाख ९५ हजार रूपैयाँभन्दा बढी नाफा गरेको हो । योजनाले फागुन मसान्तसम्म १ करोड ७९ लाख रूपैयाँभन्दा बढी जम्मा आम्दानी गरेको छ । खर्च रकम भने १ करोड ६६ लाख रूपैयाँभन्दा बढी भएको छ । माघ मसान्तसम्म योजनाको जम्मा आम्दानी १५ लाख ९२ हजार रूपैयाँ ऋणात्मक रहेको थियो भने खर्च १ करोड ४६ लाख रूपैयाँभन्दा बढी रहेको थियो ।
धितोपत्रमा लगानी गर्ने मुख्य उदेश्य सहित सञ्चालित यस योजनाले फागुन मसान्तसम्म धितोपत्रमा गरेको लगानीको कुल लागत कमिसन सहित १ अर्ब २७ करोड ८७ लाख रूपैयाँभन्दा बढी रहेको छ । योजनाले धितोपत्रमा गरेको लगानीको लागतमूल्य भने बजारमूल्य कम रहेको छ । बैंक मुद्दती निक्षेमा ९ करोड रूपैयाँभन्दा बढी लगानी योजनाको धितोपत्रमा भएको लगानीको बजारमूल्य १ अर्ब २२ करोड ९५ लाख रूपैयाँभन्दा बढी रहेको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !