काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी प्रकरणको आफ्नो नाम नभएको बताएका छन् ।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबार बसेको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै न हस्ताक्षर, न औठाछाप, न निवेदन त न केवाईसी केही नभएको बताए ।
गृहमन्त्री लामिछानेले सहकारीमा आफ्नो नाम बाहेक केही नभएको बताए । ‘सहकारीमा जहाँ मेरो नाम छ भनिएको छ, नामबाहेक केही छैन । केवाईसी भरेको छैन, निवेदन दिएको छैन, ल्याप्चे छैन’, उनले भने, सुनिएअनुसार मुद्दा अदालतमा दर्ता भएको छ, म प्रतिवादी छैन । बयानमा पनि मेरो नाम उल्लेख भएको जानकारी छैन ।’
उनले प्रश्न आएपछि बताउनैपर्ने उल्लेख गर्दै उत्तरदायी भएर जवाफ दिनुपर्ने बताए । उनले भने, ‘नत मेरो मतदाताले जवाफ खोज्छन् । मन्त्रीले अनुसन्धान गर्ने होइन । प्रहरीले गर्ने हो । म सरकारमा नआउनु अघिकै विषय हो ।’
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !