काठमाडौं। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चराहरुका कारण विमानस्थलको उडाननै बन्द गर्नुपरेको छ ।
पोखरामा दुईदिनदेखि परेको पानी बन्द भएर मौसम उघ्रिएपछि एकाएक विमानस्थल नजिकै रहेको फोहर संकलन केन्द्रबाट निस्किएका किरा फट्याङ्रा खान सयौँको संख्यामा चील गिद्ध विमानस्थलको रनवेमा जम्मा हुन थालेपछि विमानस्थलनै बन्द गर्नुपरेको हो । विमानस्थल बन्द भएका कारण बुद्ध र यतिका १,१ वटा विमान काठमाडौं फर्किएका थिए ।धावनमार्गमा रहेका किराफट्याङ्ग्रा विमानस्थलको दमकलबाट पानी फ्याँकेर सफा गरिएको थियो। साथै त्यसपछि चराहरू पनि धपाइएको थियो ।
पोखरा विमानस्थलमा दैनिक ३ हजारदेखि ४ हजार यात्रुहरू ओहोरदोहोर गर्छन् भने १२५ सम्म उडान हुन्छ अपरान्हपछि भने बिस्तारै विमानस्थल सञ्चालनमा आएको छ।पोखरा विमानस्थलका प्रवक्ताका अनुसार आइतबार बिहान ८.०५ बजेदेखि १२ .००बजे सम्म उडान र अवतरण बन्द गरिएको थियो ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !