काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले पुँजीबृद्धि र रोजगारी सिर्जनालाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् ।
प्रतिनिधिसभा, अर्थ समितिको आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल गर्न आज सिंहदरबारमा बसेको बैठकमा मन्त्री पुनले कृषिको आधुनिकीकरण, उर्जाक्षेत्रको विकास र निर्यात, पुँजी वृद्धि र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखिएको बताए ।
मन्त्री पुनले आइसिटी क्षेत्रको विकास र विस्तार र सीपयुक्त जनशक्ति उत्पादनलाई बजेटले प्राथमिकतामा राखेको बताए ।
बैठकमा सांसदहरुले अलपत्र आयोजनाको निरन्तरता,कृषि क्षेत्रको आधुनिकीकरण,स्वदेशमै रोजगारी सिर्जना,शिक्षा स्वास्थ्य जस्ता आधारभूत मौलिक हकको कार्यान्वयन हुने गरी बजेट आउनु पर्नेमा जोड दिए ।
सांसद्हरुले अर्थतन्त्र शिथिल बन्दै गएको र जनतामा निराशा बढेको भन्दै जनविश्वास कायम गर्ने गरी कार्यान्वयन योग्य योजना अघि सार्नु पर्ने बताए ।
रासस
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !