काठमाडौँ । नबिल बैंकले अग्राधिकार सेयर र डिबेन्चर बिक्री गर्ने भएको छ। बैंकको सञ्चालक समितिको बिहिबार बसेको बैठकले नेपाल राष्ट्र बैंकको स्वीकृति पाएको खण्डमा ५ अर्ब रुपैयाँ बराबरको पर्पेचुअल नेचरको अग्राधिकार सेयर बिक्री गर्ने निर्णय गरेको हो ।
बैंकले ८ प्रतिशत लाभांश दर कायम गरी अग्राधिकार सेयर बिक्री गर्नेछ । राष्ट्र बैंकले स्वीकृति दिए मुनाफा भएको वर्षमात्र लाभांश वितरण गर्ने र सेयरको रकम फिर्ता नहुने प्रकृतिको अग्राधिकार सेयर प्राइभेट प्लेसमेन्ट गरी बिक्री गर्ने निर्णय बैठकले गरेको छ।
त्यसैगरी, बैंकले ८ वर्षे अवधिको ८ प्रतिशत ब्याजदर भएको ऋणपत्र समेत जारी गर्ने भएको छ । ‘८ प्रतिशत ब्याजदरमा नबिल डिबेन्चर २०८९’ नाममा ऋणपत्र बिक्री गर्ने निर्णय सञ्चालक समितिबाट पारित भएको बैंकले जनाएको छ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !