काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडेड २ लाख ५५ हजार ७४१ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो । यी शेयर इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ । आवेदन कम्पनीको केन्द्रिय कार्यालय लाजिम्पाट, काठमाडौंमा पेश गर्नुपर्ने भनाई कम्पनीको छ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट खरीद आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा यी शेयर विक्री गरिने जानकारी कम्पनीहरूले दिएको छ । कम्पनीले १३ जना संस्थापकहरूको नाममा रहेको यी शेयर विक्री गर्न लागिएको बताएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !