काठमाडौं । आरम्भ चौैतारी लघुवित्त वित्तीइ संस्था लिमिटेडले यस वर्ष लाभांश वितरण नगर्ने भएको छ । फागुन २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन स्वीकृत गरी नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गर्दै लाभांश भने वितरण नगर्ने निर्णय गरेको हो ।
गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन आगामी वार्षिक साधारण सभामा पेश गर्नका लागि नेपाल राष्ट्र बैंकसँग स्वीकृति लिने निर्णय कम्पनीले गरेको हो । कम्पनीले पछिल्लो आर्थिक वर्ष ०७७/७८ पछि लाभांश वितरण गरेको छैन् । उक्त वर्ष भने कम्पनीले २१ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । पछिल्ला दुई आर्थिक वर्ष कम्पनीले लगानीकर्ताको हात खाली बनाएको हो ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !