काठमाडौँ । सङ्घीय संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस प्रतिपक्षमा बस्ने भएको छ ।
बदलिएको राजनीतिक परिवेशका सन्दर्भमा छलफल गर्न सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा आज बसेको काँग्रेस पदाधिकारी र पूर्व पदाधिकारी बैठकमा कांग्रेस प्रतिपक्षमा बस्नुपर्ने धारणा आएको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।
प्रमुख सचेतक लेखकले अब आफूहरू प्रतिपक्षको बेन्चमा बस्ने बताए ।
बैठकमा सभापति देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन तोडेको ब्रिफिङ गर्नुभएको प्रमुख सचेतक लेखकले जानकारी दिए ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !