काठमाडौँ । साताको अन्तिम कारोबार दिन शेयर बजारमा भारी अंकको गिरावट आएको छ । यस दिन नेप्से परिसूचक २८.६८ अंकले घटेर १९७२.०९ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः १.४३ प्रतिशतले घट्न पुगेको हो ।
आज नेप्सेमा १३ उपसमूहमध्य सबै उपसमूहका परिसूचक घटेका छन् । यस दिन सर्वाधिक सर्वाधिक घट्ने उपसमू फाइनान्स रह्यो जसको परिसूचक ३.२१ प्रतिशतले घटेको छ। त्यस्तै, हाइड्रोपावर दोस्रो धेरै घट्ने उपसमूहमा रह्यो जसको परिसूचक आज २.६२ प्रतिशतले घटेको छ ।
बजार घटे पनि आज कारोबर रकम भने बढेर २.५९ अर्ब बढीको शेयर किनबेच भएको छ । जसमा १७ वटा कम्पनी बढेका छन् भने २२० वटा कम्पनी घटेका छन् । यसैगरी ११ वटा कम्पनीको शेयर भने स्थिर रहन पुगेका छन् । आज सर्वाधि बढ्ने कम्पनीमा बोटलर्स नेपाल बालाजु रह्यो जसको शेयरमा सकारात्मक सर्किट लागेको छ भने सर्वाधिक घट्ने कम्पनीमा जोशी हाइड्रोपावर रह्यो जसको शेयमा नकारात्मक सर्किट लागेको छ ।
आज सर्वाधिक रकमको कारोबार गर्ने कम्पनीमा सोनापुर मिनेरल्स एण्ड आयल कम्पनी रह्यो भने सर्वाधिक शेयर कारोबार हुने कम्पनीमा जोशी हाइड्रोपावर रह्यो ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !