वीरगन्ज । चौथौ सन्तान पनि छोरी जन्माएको भन्दै परिवारले हेला गरेपछि पर्साको नारायणी अस्पतालबाट एक सुत्केरी आमा बच्चा छोडेर बेपत्ता भएकी छिन् । पर्साको नारायणी अस्पतालमा आइतबार बिहान नवजात शिशुलाई जन्मदिएकी आमा दिउँसो अस्पतालमै बच्चा छोडेर बेपत्ता भएकी हुन् ।
नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर चित्तरन्जन शाहले बच्चा छोडेर आमा बेपत्ता भएको जानकारी गराए । ३ किलो २ सय ग्राम तौलको बालिकाको जन्म बिहान ६ बजे भएको थियो । उनलाई अहिले एनआईसीयूमा भर्ना गरिएको छ । आमा भने दिउँसो देखि अस्पतालबाट बेपत्ता छिन् ।
डाका अनुसार सुत्केरी भएपछि आमा अस्पतालको तल्लो वार्डमा थिइन भने बच्चालाई माथिल्लो तल्लाको एनआईसीयूमा राखिएको थियो । सुत्केरी वार्डमै रहेका बेला छोरी जन्माएको भन्दै सासु वेदीदेविले सुत्केरी बुहारीसँग झगडा गरेको प्रत्यक्षदर्शी स्वास्थ्यकर्मीहरूले बताएका छन् ।
‘यसअघि लगातार ३ वटा छोरीलाई जन्मदिएकी ति आमाले फेरि चौथो सन्तानका रुपमा छोरी कै जन्म दिएपछि सासु आमाले सुत्केरी महिलासँग झगडा गरेकी थिइन । सुत्केरी अवस्थामै परिवारले दुःख दिएपछि उनी अस्पतालबाट बाहिरिएको अस्पतालको सीसी क्यामेरामा देखिएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !