काठमाडौँ । प्रजातन्त्र दिवसको विदा पछि खुलेको शेयर बजार आज एकल अंकले घटेको छ । यस दिन नेप्से परिसूचक १.७६ अंकले घटेर २०३३.०६ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.०८ प्रतिशतले घट्न पुगेको हो ।
१३ उपसमूहमध्ये यस दिन पाँच वटा उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ । यस दिन सर्वाधिक बढ्ने उपसमूहमा अन्य उपसमूह रह्यो जसको परिसूचक आज १.१० प्रतिशतले बढेको छ । त्यसै गरि आज सर्वाधिक घट्ने उपसमुहमा माइक्रोफाइनान्स रह्यो जसको परिसूचक ०.७४ प्रतिशतले घटेको छ ।
बजारमा आज कारोबर रकम घटेर जम्मा ३.११ अर्ब बढीको शेयर किनबेच भएको छ । जसमा ९० कम्पनी बढेका छन् भने १५० कम्पनी घटेका छन् । यसैगरी ९ वटा कम्पनीको शेयर भने स्थिर रहन पुगेका छन् । आज शेयर बजार घटेपनि समाज लघुवित्त र बोटलर्स नेपाल बालाजुको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यसैगरी, यस दिन सर्वाधिक घट्ने कम्पनीमा ग्रिन लाइफ हाइड्रो रह्यो जसको शेयरमा आज नकारात्मक सर्किट लागेको छ ।
आज सर्वाधिक रकमको कारोबार गर्ने कम्पनीमा हिमालयन रिइन्सुरेन्स रह्यो भने सर्वाधिक शेयर कारोबार हुने कम्पनीमा प्रभु सेलेक्ट फण्ड रह्यो ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !