काठमाडौँ । भारतमा काम गरिरहेका वा विभिन्न कामले त्यहाँ पुग्ने नेपाली नागरिकले अब सहजै भारतीय सिमकार्ड पाउने नेपाली दूतावासले जनाएको छ । भारतका लागि नेपालका राजदूत शंकर शर्माले मंगलबार बिहान एक्समार्फत उक्त जानकारी दिएका हुन् ।
अब नेपालीले नागरिकता, पासपोर्ट, मतदाता परिचयपत्रका आधारमा भारतीय सिम पाउने यसअघि भारतले प्राविधिक कारण भन्दै नेपाली नागरिकहरूलाई सिम कार्ड दिन रोक लगाएको थियो । लामो समयदेखि काम गरिरहेका र आधार कार्ड भएका नेपालीलाई भने सिम उपलब्ध गराइन्थ्यो । घुम्न वा काम विशेषले जानेहरूले भने चिनेजानेका आधारमा भारतीय नागरिककै सिम मागेर चलाउनुपर्ने बाध्यता थियो ।
राजदूत शर्माले अबदेखि अब नेपाली नागरिकता, पासपोर्ट, मतदाता परिचयपत्र आदि कागजातका आधारमा नेपालीले भारतीय मोबाइल सिमकार्ड पाउनले जनाएका छन् । राजदूतावासले भारतीय विदेश मन्त्रालयलाई नेपाली नागरिकलाई सहजै सिम उपलब्ध गराउन अनुरोध गरेको पनि उनको भनाइ छ ।
उनले भनेका छन्, “अब नेपाली नागरिकता, पासपोर्ट, मतदाता परिचयपत्र आदि कागजातका आधारमा नेपालीले भारतीय मोबाइल सिमकार्ड पाइने भएको छ। पहिले प्राविधिक कारणले पाइँदैन थियो। राजदूतावासले औपचारिक अनुरोध गरेको केही हप्तामा यो निर्णय हुनु खुसीको कुरा हो ।”
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !