काठमाडौँ । भारतीय बजारमा विद्युतीय गाडीमा मुल्य घटाउने प्रतिस्पर्धा चलेको छ ।
विश्वभर इलेक्ट्रीक कारको मूल्य घट्दो क्रममा छ । चीनमा मूल्य घटाउने तिब्र प्रतिस्पर्धा चलिरहेको बेला भारतमा टाटाले आफ्नो विद्युतीय मोडलको घटाएको हो । टाटा मोटर्सका अनुसार टाटाले नेक्सन ईभीको मूल्यमा १ लाख २० हजार भारतीय रुपैयाँसम्म घटाएको जनाएको छ । त्यस्तै अर्को टियागो ईभीमा ७० हजारसम्म मूल्य घटाएको छ ।
भारतीय सञ्चार माध्यमका अनुसार लिथियम आयोन ब्याट्रीको मूल्यमा भारी गिरावट आएसँगै कार उत्पादकले मूल्य घटाउन थालेका हुन् ।टाटाले मुल्य घटाएपछि ईभी कम्पनी एमजीले पनि कोमेटको मूल्य १ लाख रुपैयाँ घटाएको छ । त्यस्तै एमजीले कम्प्याक्ट एसयूभी सेग्मेन्टको ईभी जेडएस मोडलमा २ लाखसम्म मूल्य घटाएको छ ।
नेपालमा भने यी गाडीको मुल्य तत्काल नघट्ने बुझिएको छ । नेपालमा टियागो ईभीको मूल्य २१ लाख र नेक्सनको ३८ लाख मूल्य तोकिएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !