एक दिनमा परीक्षा पाँच सिफ्टमा सञ्चालन गरिनेछ भने एक दिनमा एक हजार परीक्षार्थीले सहभागिता जनाउन सक्ने गरी व्यवस्था मिलाइएको ईपीएस कोरिया शाखाका निर्देशक मैयाँ कँडेलले जानकारी दिएकी छिन् । उनका अनुसार शनिबार पनि परीक्षा दिने गरी व्यवस्था गरिएकाे छ । पहिलो सिफ्टमा करिब ४७ हजारले कोरियन भाषा परीक्षा दिन सकिने पनि उनले बताइन् ।
ग्वार्कोस्थित ईपीएस शाखा, कार्यालयमा परीक्षा हुने अघिल्लो दिन आफ्नो सिफ्टअनुसार बायोमेट्रिक रजिस्ट्रेशन फिङ्गर प्रिन्ट दर्ताका लागि उपस्थित हुनुपर्नेछ । बायोमेट्रिक परीक्षाकाे दिनमा परीक्षा केन्द्र भैँसेपाटीमा नै भेरिफाइ हुनेछ ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !